रणनीति बनाउन व्यस्त विश्वकप फूटबलका दावेदार टोली

805
views

काठमाण्डौ । रुसमा हुने विश्वकप फुटबलको मिति नजिकिंदै गर्दा उपाधि दावेदार टोलीहरु रणनीति बनाउन जुटेका छन् । तयारीकै लागि र्अजेन्टिनाले आज राति ईटालीसँग मैत्रिपूर्ण खेल खेल्दैछ ।

यही खेलको पूर्वसन्ध्यामा अर्जेन्टाईनी टोलीका प्रशिक्षक योर्गे साम्पाओलीले विश्वकपका लागि राष्ट्रिय टोलीको सम्पूर्ण जिम्मेवारी आफ्ना स्टार खेलाडी लियोनल मेस्सीको काँधमा रहने बताए ।

आजै राति जर्मनी र स्पेन, नेदरल्याण्ड्स र इंग्ल्याण्ड, रुस र ब्राजिल, जापान र माली तथा टर्की र रिपब्लिक अफ आयरल्याण्ड्स भिड्नेछन् । यसैगरी फ्रान्सले कोलम्बियासँग खेल्दा पोर्चुगल र ईजिप्ट भिड्नेछन् ।

उता चाईना कप फुटबल अन्तर्गत गएराति भएको खेलमा वेल्सले चीनलाई ६–० ले हराएको छ । उक्त खेलमा ह्याट्रिक गरेका ग्यारेथ बेल वेल्सका लागि अहिलेसम्मकै सर्वा्धिक गोल गर्ने खेलाडी बनेका छन् । बेलले अहिलेसम्म देशका लागि २९ गोल गरेका छन् । यसअघि लिभरपूलका पूर्व खेलाडी ईयान रसले वेल्सका लागि २८ गोल गरेका थिए ।