सिंहदरबारका कर्मचारीले मोटरसाइकल चोरेपछि प्रहरी फन्दामा

928
views

काठमाण्डौ, ९ चैत । सिंहदरबारका एक कर्मचारी मोटरसाइकल चोरी गर्दा पक्राउ परेका छन् । पक्राउ पर्नेमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका कार्यालय सहयोगी ललितपुर पुल्चोक घर भइ चितवन रत्ननगर नगरपालिका–७ का ३२ वर्षीय रमेश सुनार र उनकै भाइ चितवन रत्ननगर नगरपालिका–७ बस्ने ३० वर्षीय दिनेश सुनार रहेका छन् ।

फाईल फोटो


महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट अनुसन्धानमा खटिएको प्रहरीले रमेशलाई बुधबार नियन्त्रणमा लिएर सोधपुछ थालेपछि दिनेशलाई दिएको खुलेको थियो । उनीहरूलाई इलाका प्रहरी कार्यालय टाँडी चितवनको समन्वयमा मोटरसाइकल सहित दिनेशलाई समेत बिहीबार चितवनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
१ चैतमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अगाडि पार्किङ गरी राखेको बा १ ब ९९१३ नम्बरको मोटरसाइकल पनि चोरी भएको थियो ।