ईयुको प्रतिवेदनमा प्रधानमन्त्री ओलीको आपत्ति

614
views

काठमाडौं, ११ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएकोप्रति सार्वजनिक रुपमै कडा आपत्ति प्रकट गरेका छन् ।

नियोकको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले नेपालको सार्वभौमसत्तालाई अबमूल्यन नगर्न कडा चेतावनी समेत दिए ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेपालको संविधान उत्कृष्ट भएको दाबी गर्दै भने, म सार्वभौम प्रधानमन्त्रीको नाताले एउटा अनुरोध गर्छु, ईयुले आफ्नो प्रतिवेदन तत्काल सच्याउनुपर्छ, आफ्नो देशमा प्रतिनिधित्व गराएर देखाई भैगयो नि, हाम्रो त ८० प्रतिशत नागरिकले मत खसालेको छन् । त्यो नबुझेर हो त ?

नेपाली जनताले अरुबाट हेपिएको महसुस गरेकोले ईयुले तत्काल आफ्नो प्रतिवेदन सच्याउनुपर्ने उनको भनाई थियो ।