वास्तविक कृषकको पहिचान गरी अनुदान वितरण गर्न माग

1208
views

महेन्द्र जिसी
पर्वत, ११, चैत । गतवर्ष फलेवासमा दलका कार्यकर्तालाई अनुदान वितरण गर्दा वास्तवीक कृषकहरुले चर्को विरोध जनाए । यस्तो क्रियाक्लापले त्यहाँका वास्तविक कृषकहरु निराश बन्न पुगे । यसबर्ष भने गतवर्षको क्रियाक्लापले निराश बनेका कृषकहरुले वास्तविक किसानको पहिचान गरेर मात्र अनुदान वितरण गर्न माग गरे ।

गएको वर्ष मकै जोन अन्र्तगतको अनुदानको टयाक्टर गैर किसानलाई वितरण गरेपछि उक्त घट्ना नदोहोरियोस भन्दै वास्तविक कृषकहरुले सुझाएका हुन् ।

वारीमा नपुग्ने टयाक्टर नगरपालिका–३ शंकरपोखरीका एमाले गाउँ कमीटी अध्यक्ष नारायण भुसाललाई वितरण गरेर कार्यकर्ता पाल्ने काम भएको भन्दै कृषकहरु आक्रोष बनेका थिए । शुक्रवार फलेवास नगरपालिकाले आयोजना गरेको प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना पकेट स्तरीय छलफलमा गएको बर्ष गरिएको क्रियाक्लापको भण्डाफोर गरेका हुन् ।

फलेवास नगरपालिकाका किसानहरुसँग जिल्ला कृषि विकास कार्यालय पर्वतले चलाएको प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना पकेट स्तरीय छलफलमा सहभागी किसानहरुले कृषकको पहिचान गरी अनुदान तथा कार्यक्रमहरुमा समावेश गराउन अनुरोध गरेका छन् ।

उनीहरुले वास्तविक किसानको पहिचान नहुदाँ अनुदान र कृषि समाग्रीहरुको वर्षेनी दुरुपयोग हुने गरेको पनि बताए । तरकारी उत्पादन समुहका संयोजक बलराम भुषालले वास्तविक किसानको पहिचान गरी जनप्रतिनिधिले कार्यकर्तालार्य अनुदान बितरण गर्दा कृषक निराश भएको बताए ।

राज्यले करोडौँ रकम कृषिमा लगानी गरेपनि प्रगती शुन्य भएको सहभागि कृषकहरुले बताए । सहभागी किसानहरुले किसान लाई प्रोत्साहन गर्नुपर्नेमा ठेकेदार व्यापारीलाई कृषि अनुदानमा सामाग्री वितरण गरेको पनि आरोप लगाए ।

कार्यक्रममा बरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले देशलाई आत्मनिर्भर बनाउन प्रधान्मन्त्रि कृषि आधुनिकीकरण परियोजना लागु गरिएको बताउदै किसानलाई अन्नवाली तथा फलफुल तरकारीमा आत्मनिर्भर बनाउदै आयआर्जनमा जोड दिन आवश्यक रहको बताए । किसानको वास्तविक आवश्यकता पहिचान गर्दै किसानको हक हितको लागी नगरपालिकाले नयाँ नयाँ कार्यक्रमहरु ल्याउन जरुरत रहेको रेग्मीले बताए ।

रेग्मीले कृषि देशको आर्थीक समृद्धीको मेरुदण्ड रहेकोले कृषिमा अत्मनिर्भर बनाई नगरवासीको अय आर्जनमा प्रत्यक्ष टेवा पुग्ने गरी काम गर्न नगरपालिकालाई आग्रह गरे । राज्यले कृषि क्षेत्रमा लगानी गरे अनुसार आउटपुट हुन नसकेको प्रति दुःख व्यक्त गर्दै रेग्मीले किसानहरुले पनि कृषि उत्पादन बढाउन सहयोग गर्नुपर्ने बेला आएको बताए ।