कृष्ण पहाडीसहित ३५ मानवअधिकारकर्मी पक्राउ

715
views

काठमाडौँ, १७ चैत । बालुवाटार घेराउ गर्न गएका कृष्ण पहाडीलगायत ३५ जना मानवअधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारको निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ ।

पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लब र्पुयाइएको छ । दण्डहिनता अन्त्य र टीकापुर घटनाका दोषीलाई कारबाहीको मागसहित अधिकार कर्मीहरु बालुवाटार घेराउ गर्न पुगेका थिए ।