धनगढी प्रिमियर लिगमा अत्तरिया विजयी, आज दुई खेल

787
views

धनगढी, १८ चैत । धनगीी प्रिमियर लिग ९डीपीएल०–२ अन्तर्गतको पहिलो खेलमा सिवाइसी अत्तरियाले ९ विकेटको फराकिलो जित हात पारेको छ । रुपेन्देही च्यालेन्जर्सले दिएको ६२ रनको सामान्य लक्ष्य पछ्याएको अत्तरियाले ७-३ ओभरमा १ विकेट गुमाइ भेटायो ।

अत्तरियाका गौरव चितकाराले नटआउट ३० रनको पारी खेले । आठौं ओभरको तेस्रो बलमा उनले छक्का प्रहार गर्दै अत्तरियाका लागि विजयी रन बटुलेका थिए । अत्तरियाका सुवास खकुरेलले १९ तथा प्रेम तामाङले १४ रन प्राप्त गरे । रुपेन्देहीका जितेन्द्र मुखियाले १ विकेट लिए ।

त्यसअघि रुपेन्देही च्यालेन्जर्सका विदेशी खेलाडी सुफ्यान मेहमुदबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न नसक्दा रुपेन्देही १५।२ ओभरमा सवै विकेट गुमाएर ६१ रन बनाएको थियो ।

सुफ्यान २० रनमा नटआउट रहेका थिए। २५ बलको सामना गरेका उनले १ चौका र १ छक्का प्रहार गरे। कुनैपनि ब्याट्सम्यान धेरैबेर क्रिजमा टिक्न सकेका थिएनन्। ओपनरद्धय प्रदीप ऐरी र सागर पुन शुन्य रनमै पवेलयन फर्किएका थिए। यस्तै विक्रम भुषाल र शक्ति गौचन समान ८, दीपक प्रसाद ५, सिद्धान्त लोहनी ५ तथा अमरसिंह रौटेला १ रनमै पवेलियन फर्किए ।

सिवाइसी अत्तरियाका कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। ४ ओभरको स्पेलमा ऐरीले १५ रन खर्चे। यस्तै शुभांकर उरावले ३ विकेट लिए भने कृष्ण कार्की र विपिन चन्द्रले १ विकेट लिए ।

केहीबेरमा सुरु हुने दोस्रो खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर किंग्स र विनोद भण्डारीको कप्तानीमा रहेको महेन्द्रनगर युनाइटेड भिड्नेछन् ।