इन्ट्याग्रिटी आइडल २०१८ को मनोनयन खुला

908
views

काठमाडौं, २० चैत । इन्ट्याग्रिटी आइडल २०१८ को मनोनयन खुला गरिएको छ । एकाउन्टीबिलिटी ल्याबले सन् २०१४ देखि सुरु गरेको अभियान नेपालको सरकारी संयन्त्रभित्र सकारात्मक मनोवृति र अभ्यासको खोजी गर्ने आम नागरिकको अभियान अनुसार मनोनयन खुला गरेको हो ।

मनोनयनका लागि पूर्णतया सरकारी सेवा (निजामति÷शिक्षा) मा रहेर देशको भौगोलिक, राजनीतिक, सांस्कृतिक र नीतिगत जटिलतालाई प्रवाह नगरी सेवाग्राहीलाई सहज र सरल सेवा प्रदान गर्ने सन्दर्भमा सम्झौता नगर्ने राष्ट्र सेवक कर्मचारीहरूलाई आमनागरिकले उनिहरूले पाएको सेवाको आधारमा वा देखेका सकारात्मक अभ्यासका आधारमा मनोनयन गर्न सक्ने एकाउन्टबिलिटी ल्याब नेपालकी कार्यक्रम संयोजक अस्मिता शर्माले जानकारी दिएकी छिन् ।

इन्ट्याग्रिटी आइडलको मनोनयनफारमका लागि २०७५ साल वैशाख ३१ गते भित्र [email protected] मा ईमेल गरी पठाई सक्नुपर्ने शर्माले जानकारी दिईन् । प्राप्त मनोनयन मध्ये विभिन्न ७ चरणको छनोट प्रकृया पश्चातपूर्व निर्धारीत मापदण्डका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय संयोजक रहने चार सदस्यीय स्वतन्त्र निर्णायक समितिले उपलब्ध सन्दर्भ सामाग्रीको सुक्ष्म अध्ययन अनुसन्धान गरी अन्तिम पाँचको छनोट गर्नेछन् ।

अन्तिम पाँच मध्ये सर्वोत्कृष्ट अर्थात् इन्ट्याग्रीटी आइडलको छनोट भने एसएमएस र वेभसाईटबाट प्राप्त जनमतको आधारमा निर्णय गरिने छ । सबैभन्दा बढि मत प्राप्त गर्नेलाई इन्ट्याग्रिटि आइडल पपुलर भोट घोषणा गरिने छ भने सम्मान कार्यक्रममा पाँचै जनालाई प्रशंसा पत्र र ट्रफी सहित सम्मान गरिने जनाइएको छ ।

नेपालबाट सुरु भएको यो अभियान आजलाईबेरिया, पाकिस्तान, मालि, दक्षिण अफ्रिका, नाइजेरिया लगायतका देशमा विस्तार भैसकेको छ भने फिलिपिन्स, र श्रीलंका लगायतका देशहरूमा यो अभियान सुरु हुने प्रकृयामा रहेको शर्माको भनाई छ ।