चीनले दिएको १७ अर्ब खोई–माके नेता सापकोटा

1680
views

काठमाडौँः तीन वर्षअघि गोरखा भूकम्पका क्रममा क्षतिग्रस्त भएको सिन्धुपाल्चोकस्थित चीनसँग जोडिएको तातोपानी नाका नखोलेकोमा सांसदहरुले रोष प्रकट गरेका छन् ।

मंगलबार बसेको व्यवस्थापिका संसद्को बैठकमा विशेष समय लिएर बोल्दै सिन्धुपाल्चोकबाट निर्वाचित माओवादी केन्द्रका सांसद अग्निप्रसाद सापकोटाले तत्काल तातोपानी नाका खोल्न माग गर्दै भने ‘तीन वर्षसम्म पनि यो महत्वपूर्ण नाका खोल्न सरकार असफल हुनु दुःखदायी विषय हो ।’

चीनले दिएको रकम खोई ?
संसदमा सापकोटाले चीनले दिएको अर्बौँ रकम सरकारले सदुपयोग नगरेकामा आक्रोश पोखे । ‘तत्कालीन राष्ट्रपति डा. रामवरण यादव चीन जाँदा दिइएको १४ अर्ब ९४ करोड रुपैयाँ खोई भन्दै अरनिको राजमार्ग विस्तार गर्न चीनले दिएको पैसाको किन सदुपोग भएन भन्ने प्रश्न गरे’,

नेता सापकोटाले चिनियाँ सिमाना बनाउनका लागि चीनले दिएको ३ अर्ब रुपैयाँको पनि सदुपयोग हुन नसकेकोमा रोष व्यक्त गरे