गाई पालेर वार्षिक १० लाख आम्दानी

765
views

निर्मल पौडेल
पर्वत, २३, चैत । कुस्मा नगरपालिका ७ खरेहाका गोविन्दराज पौडेलले गाइपालन गरेर वार्षिक रु १० लाख रुपैया भन्दा वढि आम्दानी गर्न सफल भएका छन् । वेरोजगारीका कारण लाखौ युवाहरु खाडिमुलुक पलायन भैरहेका वेला पौडेलले भने गाउँमै गाईपालन गरेर मनग्य आम्दानी गर्न सफल भएका हुन् । गाउँमा केहि गर्न सकिँदैन भन्नेहरुका लागि एउटा गतिलो उदाहरण समेत भएका छन गोविन्दराज पौडेल ।

३ वर्ष अगाडि दुवैवाट फर्केर गाउँमै केहि गर्नपर्छ भन्ने सोचले ज्ञादि कटुवाचौपारीवाट रु ३६ हजारमा एउटा गाई ल्याएर शुरुवात गरेका पौडेलले अहिले ठुला साना गरि होलिस्ट्यान र जर्सी जातका १७ वटा गाई पु¥याएका छन् ।

शिवालय कृषि गाई फार्म दर्ता गरेर नमुना व्यावसयिक कृषक वन्ने उद्देश्य राखेका पौडेलले अहिले दैनिक विहान वेलुकी गरेर १ सय देखि डेढ सय लिटर सम्म दुध वेच्ने गरेका छन् । विदेशमा जाँदा साह्रै दुख पाएकोले आफ्नै गाउँठाउमै गाई पालेर लाखौँ कमाई हुँदा हर्षित भएको पौडेलको भनाई छ । उनले भन्छन् दुबईमा साह्रै दुख पाए, घर फर्केपछि कुनैदेश एप्लाई गरिन । आफ्नो घरपरिवार सँगै मीठो मसिनो मज्जाले खाइएकै छ, छोराछोरीले वोर्डिङग पनि पढेकै छन् कमाई पनि भएकै छ ।

पौडेलले भने, पहिले त सवै काम आँफै गर्न पथ्र्यो केहि श्रीमतीले सघाउँथिन् अहिले एक जनालाई राम्रै तलवमा रोजगार पनि दिएको छु । जोश जाँगर निकालेर लागि पर्ने हो भने जे गर्न पनि सकिने रहेछ । पौडेलले गतवर्ष जिल्ला पशुसेवा कार्यलयवाट युवा लक्षित कार्यक्रम अन्तर्गत रु २ लाख २५ हजार अनुदान र १० हजार वरावरको घाँसको विरुवा सहयोग प्राप्त गरेका छन् ।

गाईहरुको आहारका लागि करिव ७ रोपनी जग्गा भाडामा लिएर वर्षे र वहुवर्षे जातका घाँसहरु समेत लगाएका छन् । आँफुलाई कृषि र पशुपालनसँग सम्वन्धित निकायले सहयोग गरे धौलागिरीकै उत्कृष्ठ कृषक र कृषि गाई फार्म वनाउने पौडेलको लक्ष्य रहेको छ ।