टन्डनको लक्ष्यः ४ वर्षमा ३० लाख पर्यटक भित्रयाउने

941
views

काठमाडौं २३ चैत । क्यानडाका लागि नेपालका पर्यटनदूत नर बहादुर टन्डनले आगामी ४ वर्ष्भित्रमा ३० लाख पर्यटन नेपाल भित्राउने लक्ष्य राखेका छन् ।

विगत ५ वर्षदेखि अमेरिका र क्यानडाको विभिन्न सहर र गल्ली गल्लीमा नेपाली संस्कृति तथा पर्यटकीय दृश्यलाई ट्रकमा बोकेर विदेशीलाई नेपाल घुम्न जाउ–जाउ बनाएका उनले मिनि नेपालको नामाकरण सहित प्रचार–प्रसारलाई तिब्र पार्दै आइरहेका छन् ।

काम सानो होस् या ठूलो हरेक काम गर्दा आउने अनेकौं कठिनाई र चुनौतीलाई सामना गर्दै दृढ संकल्प पूरा गर्न जरुरी छ भन्ने टन्डनले आफ्नो मुख्य उद्धेश्य नेपालको कला संस्कृति र भूगोललाई प्रचार प्रसारमा ल्याएर देशमा अत्यधिक पर्यटक भित्र्याउनका लागि अझ सशक्त र जुझारु रुपले लागि परेको बताउँछन् ।

‘नेपाल सरकार र एनआरएनएले सहयोग गरेमा यो मिनी नेपाल अमेरिका र क्यानडाको सहरहरुमा मात्र नभएर विश्वको हरेक कुनामा पुग्ने छु,’ टन्डनले भने, ‘यसले नेपालको पर्यटन प्रवद्र्धनमा अहम भूमिका निभाउने छ भन्ने मैले विश्वास लिएको छु ।’

उनले चीनका लागि नेपाली महावाणिज्यदूत रविन भट्टराईको पहलमा चीनको सहरमा मिनि नेपाल नाम दिएर बस गुडाउने काम अत्यन्तै प्रसंसनिय रहेको बताउँदै चीनको अन्य सहरमा पनि यस्तो कार्यक्रम भइदिए अझ राम्रो हुने टन्डनले बताएका छन् ।