मेरो माइक्रोफाइनान्स बित्तीय संस्था लि द्वारा सम्मान

1197
views

काठमाण्डौ । मेरो माइक्रोफाइनान्स बित्तीय संस्था लि.बट्टार शाखाले केन्द्रमा मौसमी कर्जा लगानी गर्ने, एसईइमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । शाखाले केन्द्र नम्बर १५ को बट्टारको ग्राहक साबित्रा गजुरेलको छोरा सिद्धार्थ गजुरेल ३.७५ जिपिए ल्याउन सफल भएकोमा १२ हजार नगद र प्रमाणपत्रले सम्मान गरेको हो ।

शाखाले केन्द्रहरुमा प्रथम हुन सफल १०९ नम्बर आम्थाङ्ग केन्द्र कल्याणपुर प्रथम तीनहजार नगद र प्रमाणपत्र, द्धितिय १०४ नम्बर मेरो माने डाँडा महिला केन्द्र देउराली २ गगने, तेस्रो ७९ नम्बर बिनायक महिला केन्द्र बागेश्वरी फलाटे र सान्त्वना ६३ नम्बर मेरो गडखार महिला केन्द्र चौघडा २ ले नगद सहित सम्मान पत्र हासिल गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ बर्गको इजाज प्राप्त गरि बट्टारमा कर्पोरेट कार्यालय स्थापना गरि संचालन गरिरहेको छ । हाल मेरो माइक्रोफाइनान्स ४५ जिल्लामा ८० शाखा सहित लघु बित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

मेरो माइक्रोफाइनान्स बित्तीय संस्था लि.बट्टार शाखाका म्यानेजर सरोज पण्डितको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सेर बहादुर गुरुङ, विशेष अतिथि मनमैजु अनुगमन अधिकृत रबि प्रसाद आचार्य लगाएत विभिन्न केन्द्र प्रमुखहरुको उपस्थिति रहेकी थियो । बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा बिबिध सास्कृतिक कार्यक्रम होटेल सतान्चुलीमा सम्पन्न भएको छ ।