स्वदेश फिर्ता भएपछि प्रधानमन्त्री ओलीले भनेः भारत भ्रमण उपलब्धीमुलक

1131
views

काठमाडौं, २६ चैत । प्रधानमन्त्री केपी ओलीले छिमेकी राष्ट्र भारतको भ्रमण यथार्थमै उपलब्धीमुलक भएको बताएका छन् । प्रधभानमन्त्री ओलीले भारतसँगको रेल्वे, जलमार्ग र कृषिको आधुनिकीकरणसम्बन्धी सम्झौताले भारत भ्रमण उपलब्धिमूलक भएको दाबी गरे । तीनदिने राजकिय भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भारतले निर्वाचनमार्फत प्राप्त जनअभिमतलाई स्विकार्दै तीन महत्वपूर्ण सम्झौतामार्फत नेपालसँगको सम्बन्धलाई नयाँ उचाइका साथ अघि बढाउन चाहेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले भने ‘भारत जानुअघि संसद् र सार्वजनिक रूपमा भनेको थिएँ– हाम्रो वैदेशिक मामिला मित्रताबाट प्रस्थान हुन्छ । त्यो मित्रता खुलस्त, पारस्परिक सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, जायज हित र स्वाभिमानको सम्मान, अहस्तक्षेप पारस्परिक लाभका आधारमा हुन्छ । यसलाई बेठीक ढंगले सञ्चालन गर्न खोज्दा वास्तविक मित्रता हुँदैन ।’

हामीले त्यहाँ (भारत)मा पनि त्यसैगरी कुरा गर्र्यौँ । सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न राजनीतिक दलका नेतालगायत त्यहाँ स्थित कूटनीतिक क्षेत्रसँगको भेटघाटमा २१ औँ शताब्दीमा भारतलगायत अन्य मुलुकसँग कसरी सम्बन्ध स्थापित गर्न चाहन्छौँ भन्ने बतायौँ । उहाँहरूले नेतृत्व तहबाटै सकारात्मक रूपमा लिएर स्वागत गर्नुभो ।

निर्वाचनको अभिमतको स्वागत
प्रधानमन्त्री ओलीले नेपालमा अघि बढिरहेको लोकतान्त्रिक प्रक्रियाको सुदृढ र वाम गठवन्धनलाई प्राप्त जनताको अभिमतलाई भारतले स्वागत गरेको बताए । ओलीले काठमाडौं–रक्सौल रेल्वेको कुरा, नदीहरूबाट हामीले आवागमन र पनि बताए ।

अबको बाटो गम्भीर वार्ताको

पुराना विषय– सीमा विवाद, डुबान आदि कुराहरूको सम्बन्धमा गम्भीरताका साथ कुरा उठाएका छौँ । सकेसम्म कसरी छिटो डुबानको समस्या समाधान गर्न सक्छौँ भन्ने कुरा आएको छ । पञ्चेश्वर परियोजनाका सन्दर्भमा टनकपुरमा १ दशमलब ३ किमि नहर नबनेको कुराले परेको नकारात्मक असरबारे ध्यानाकर्षण गराएका छौँ । उहाँहरूले छिटै काम अघि बढाउने भनेर म दिल्लीमा छँदै तल निर्देशन जारी गर्नुभएछ ।