विराटनगर, २७ चैत । त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै थ्रीस्टार क्लबले विराट गोल्डकप फुटबलको उपाधि जितेको छ । विराटनगरको शहीद रंगशालामा सोमबार साँझ भएको खेलमा थ्रीस्टारलाई उपाधि जिताउन विमल घर्ती मगरले दुई तथा अनन्त तामाङले एक गोल गरे ।
उपाधि विजेता थ्रीस्टारले १२ लाख ७१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । दोस्रो भएको भित्रुवन आर्मी क्लबले ५ लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ ।
फाइनलमा थ्रीस्टारका अजायी मार्टिन म्यान अफ दि म्याच भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । म्यान अफ दि टुर्नामेन्ट भएका थ्रीस्टारका अनन्त तामाङले मोटरसाइकल प्राप्त गरे ।
उत्कृष्ट प्रशिक्षक थ्रीस्टारका मेघराज केसी र व्यवस्थापक मुकेश नकर्मी घोषित भए । उत्कृष्ट गोलरक्षक थ्रीस्टारका एलन न्यौपाने, उत्कृष्ट मिडफिल्डर थ्रीस्टारकै सुनिल बम, उत्कृष्ट फरवार्ड आर्मीका भरत खवास, डिफेन्समा आर्मीका विमल पाण्डे र चार गोल गरेका थ्रीस्टारकै विमल घर्तीमगर सर्वा्धिक गोलकर्ता घोषित भए ।