सडक संघर्षमा उत्रिने यातायात व्यावसायिको चेतावनी

सरकारलाई घुँडा टेकाउने भन्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक

967
views

काठमाण्डौ, २७ चैत । सिण्डकेट तोड्न भन्दै सरकारले रुट ईजाजत खुला गरेपछि यातायात व्यवसायीहरु सडकमा उत्रिने योजनामा पुगेका छन् ।

उनीहरुले सरकारको कदमबिरुद्ध डटेर सडकमा उत्रिने चेतावनी दिएका छन् । सिन्डिकेट तोड्न सरकारले रुट इजाजत खुला गरेपछि आक्रोसित भएका यातायात व्यवसायीहरु सरकारलाई घुँडा टेकाउने भन्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारको गलत कदम तत्काल खारेज हुनुपर्ने बताएका छन् । कार्यविधि निर्देशिका संशोधन गरेर देशभरका सडकमा रुट इजाजत खुला गर्ने निर्णय गरेको थियो ।’ महासचिव सिटौलाले भने, ‘सरकारले यातायातमा कायम सिण्डिकेट तोड्न महत्वपूर्ण कदम मानेको छ तर त्यसलाई खारेज गरेर छाड्ने छौं ।’

महासंघको परिषद् भेलाले नयाँ व्यवस्था खारेजको माग गर्दै यसका लागि हदैसम्मको आन्दोलनमा उत्रने निर्णय समेत गरेको छ । महासंघले आफ्ना मागबारे जानकारी दिँदै पहिले प्रधानमन्त्री, यातायात व्यवस्था मन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने जनाएको छ । ‘यातायात व्यवसायिहरु हड्तालदेखि नेपाल बन्दसम्मको योजनामा लागेका छन् ।