सरकारले नीजि क्षेत्र र अर्थतन्त्रमा आतंक सिर्जना गर्यो– सिंह

985
views

गुल्मी, २७ चैत । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले श्वेत पत्र जारी गर्दै नीजि क्षेत्र र अर्थतन्त्रलाई आतंकित बनाएको बताएका छन् । नेपाल प्रेस युनियन गुल्मीले आयोजना गरेको पत्रकार सम्मलेनमा नेता सिंहले बर्तमान सरकारले कांग्रेसले लिएको अर्थ नीति गलत थियो भन्ने देखाउन श्वेतपत्र जारी गरेको र सो श्वेतपत्रले नीजि क्षेत्र र अर्थतन्त्रलाई आतंकित पार्ने प्रयास गरिएको बताए ।

सिंहले प्रधानमन्त्रीको भारत भ्रमण निरन्तरताको विषय भएको र उक्त भ्रमण कुनै चमत्कारीक नभएको बताए । प्रधनमन्त्री भारत गएपछि कुनै न कुनै सम्झौता हुने उल्लेख गर्दै नेता सिंहले भने सम्झौता गरिएका विषयलाई कार्यान्वयन गर्न सुझाव दिए ।

काँग्रेस हारको विषयलाई नेतृत्वको अदुरदर्शिता भन्दै आएका नेता सिंहले पार्टीमा लोकतान्त्रिक विधिको अवलम्वन गर्नुपर्ने अपरिहार्यता भएको बताए ।

नेता सिंहले काँग्रेसले दुई महिनामा गर्नु पर्ने पदाधिकारी नियुक्ति अब गरे बिधान बिपरित हुने भएको भन्दै सभापतिले बिधान बिपरित कुनै निर्णय गरे त्यो अबैधानिक हुने र आफु हरुलाई स्विीकार्य नहुने बताए ।

उनले पार्टी सभापति सिंङ्गो पार्टीको नेता नभई गुटको नेतामा रमाउन थालेको बताउँदै समुह बलियो बनाउन सकिने तर, पार्टी बलियो हुन नसक्ने भन्दै समयमा नै सचेत हुन आग्रह गरे । नेता सिंह काँग्रेसले थालेको ‘गाउँमै जाउँ गाउँमै रमाऊँ’ अभियानमा छन् ।