तेस्रो गुल्मी महोत्सव, ६ करोडको कारोबार

873
views

गुल्मी, २७ चैत । गुल्मीमा आयोजित तेस्रो गुल्मी महोत्सव ६ करोडको कारोवार गर्दै सम्पन्न भएको छ । गुल्मी उद्योगवाणिज्य संघ गुल्मीको आयोजनामा गएको चैत १६ गते देखि सञ्चालन आएको थियो । ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य,कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ महोत्सव सञ्चालन थियो ।

तम्घासमा ११ दिनसम्म चलेको महोत्सवमा गुल्मीमा उत्पादित बिभिन्न कृषिजन्य सामाग्रीहरुलाई मुख्य प्रथामिकता दिँदै ढिकी, जाँतो, मान्छेबाट कोल घुमाएर चिउरीको घिउ निकाल्ने, उखु पेल्ने, लगायत लोप उन्मुख हुन लागेका बिभिन्न पुराना सामाग्रीहरु प्रर्दशन गरिएको थियो । महोत्सवमा करिव १ लाख दर्शकले अबलोकन गरेको आयोजकले दाबी गरेको छ ।

मेलामा कुल ६ करोड भन्दा वढीको कारोबार भएको बाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए । महोत्सवमा स्थानमा २ सय ८० स्टल रहेका थिए ।

महोत्सव मार्फत जिल्लामा लुकेर रहेका साहित्य, संगित, कला, कौशल सिपको संरक्षण सम्बर्धन गर्ने, परम्परागत भेषभुषाहरुलाई उजागर गर्ने उद्देश्यले महोत्सव मार्फत नयाँ प्रतिभालाई प्रोत्साहन स्वरुपमा यस्ता कार्यक्रम राखिएको महोत्सव मुल आयोजक समिति संयोजक एबं बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए ।

जिल्लामा रहेका ऐतिहासिक, पौराणिक, धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको प्रवर्धन र प्रचार प्रसार गरी गुल्मीलाई पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा विकास गरी जिल्लाको समग्र आर्थिक सामाजिक विकासमा टेवा पु¥याउने विविध उद्देश्यका साथ महोत्सव गरिएको बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले बताए ।