डीआइजी रमेश खरेलले दिए राजीनामा, नवनियुक्त प्रहरी महानिरीक्षकलाई बधाई

1231
views

काठमाडौं, २८ चैत । प्रहरी नायब महानिरीक्षक (डीआइजी) रमेश खरेलले राजीनामा दिएका छन् । सरकारले डीआइजी सर्वेन्द्र खनाललाई आइजीपीमा बढुवा गरेपछि असन्तुष्ट खरेल प्रहरी महानिरीक्षक (आइजीपी) का दावेदार थिए ।

उनले बुधबार गृहमन्त्रालयमा राजीनामा बुझाएका हुन् । खरेलले नवनियुक्त प्रहरी महानिरीक्षक ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

उनले भने म २९ बर्षको सेवा अवधीबाट अलगिने निर्णय गर्दछु । साथै नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाई तथा दिदिबहिनी प्रति आभार व्यक्त गर्न चाहन्छु । जयनेपाल !

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा सर्वेन्द्र खनाललाई बढुवा गरेको थियो ।