भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योग–खनाल

767
views

विराटनगर, २, वैशाख । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउनुपर्ने बताएका छन् ।

विराटनगरमा चार तारे बिग होटलको उद्घाटन गर्दै खनालले छिमेकी भारतमा यहाँको हिमाली पदयात्रालगायत धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नसके पर्यटकको कमी नहुने बताए ।

विराटनगर–जोगवनी रोडमा अवस्थित आठ कट्ठा १० धुर जग्गामा रु ३० करोडको लागतमा निर्मित उक्त होटलमा ५३ वातानुकूलित कोठा रहेका छन् । छ तल्ले होटलमा स्वीङपुल, दुई वटा लिफ्ट र पर्यटकको चाहनाअनुसार तीन वटा स्विट कोठाको समेत व्यवस्था गरिएको छ ।

पर्यटकको बसाइलाई सहज बनाउन होटल निर्माण गरिएको होटलका निर्देशक वीरेन्द्र न्यौपानेले बताए । प्रदेश १ को मागअनुसार स्तरीय होटल सञ्चालनमा ल्याएको अर्का सचालक रुपमणि राजभण्डारीले बताए ।