प्रधानसेनापतिको निरीक्षण भ्रमण

1033
views

काठमाडौँ, ९ बैशाख । प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले मध्य पश्चिम पृतना अन्तर्गत कपिलवस्तु जिल्ला स्थित नारायणदल गण, कैलाली जिल्ला स्थित श्री नं.५ बाहिनी अड्डा र डोटी जिल्लाको सूदुर पश्चिम पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन् ।

प्रधानसेनापति क्षत्रीले उक्त पृतना, बाहिनी तथा गणको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।