नतोकिएको मितिमा सरप्राईज दिने गरी एकता-प्रचण्ड

675
views

काठमाडाँ, ९ बैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले–माओवादीको एकता बडो सरप्राईज तरीकाले हुने बताएका छन् । अध्यक्ष दाहालले जसरी एमाले–माओवादी केन्द्रकाबीच १७ असोजमा झैं सरप्राइज दिने गरी चुनावी एकता भयो त्यसैगरी एमाले–माओवादी केन्द्रबीच पार्टी एकता हुने दावी गरेका छन् ।

‘एकता हुँदैन भनेको दिन हामीबीच एकता हुन्छ’ एकता संयोजन समितिले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘नपत्याउने गरी पहिले झैं ड्याम्मै एकता गर्नुपर्छ ।’ ‘पार्टी एकता हुन नदिन थुप्रै खेल भएको’ बताउँदै प्रचण्डले त्यसलाई चिरेर पनि पार्टी एकता हुने दावी गरे ।

‘एमालेलाई सकिन लागेको पार्टीसँग किन एकता गरेको भनिएको छ’ भने ‘माओवादीलाई किन एमालेसँग एकता गरेको तपाईंहरुलाई सिध्याइदिन्छ भनिएको छ ।’ यो एकता भाँड्नका लागि रचिएको प्रपञ्च हो मेशको आवश्यकतामा हुन लागेको एकता जसर िपनि हुन्छ र गरिन्छ प्रचण्डले भने तोकिएको मितिमा हैन नतोकिएको मितिमा सरप्राईज दिने गरी एकता हुन्छ ।