राजा वीरेन्द्रको तस्विर मदिरामा छापिएपछि हंगामा

1183
views

काठमाडौँ, १०, बैशाख । स्वीजरल्याण्डको एक मदिरा कम्पनीले स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहको तस्विर वियरमा छापेर बिक्रि गरेको पाइएको छ । वियरको बोतलमा छापिएको वीरेन्द्रको उक्त तस्विरले नेपालको पश्चिममा खैलाबैला मच्चिएको छ ।

उक्त वियरको बोत्तलमा एक गिलाँस वियर हातमा राखेर मुस्कुराइरहेको तस्वीरसहित ‘वीरेन्द्र वियर’ सामाजिक संजालमा देखिन थालेपछि यसको विरोध र आलोचना भएको हो ।

स्वीस कम्पनीले बियरलाई स्पाइस्ड–हर्ब्ड स्टाइलको बियरको श्रे बोतलको मूल्य १८ र ५ अर्थात करिब दुईसय रुपैंयाँ पर्ने गरेको पाइएको छ । यसको एक बोतलको मूल्य स्वीस फ्रयाङ्क ४४ र ४० अर्थात ४ हजार ८ सय २७ रूपैंया पर्छ र अर्को एक

यसरी स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाह देवको नाम र तस्वीर राखेर वियर उत्पादन गरेको भन्दै राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले विज्ञप्ती प्रकाशित गर्दै आपत्ति जनाएको छ ।

विद्यार्थी संगठनले राजा वीरेन्द्रको फोटो राखेर मदिरा उत्पादन गर्ने गलत कार्य समयमै बन्द नभए कडा संघर्षमा उत्रने चेतावनी समेत दिएको छ ।