चैत महिनामा ३१ हजार ८ सय युवा विदेसिए

947
views

काठमाडौं । चैत महिनामा ३१ हजार आठ सय युवा बैदेशिक रोजगारीका लागि गएका छन् । यो संख्या चालू आवका नौ महिनामध्ये सबैभन्दा धेरै हो । देशमै प्रयाप्त रोजगारीको अवसर नहुँदा युवाको रोजाई विदेश बनेको छ । सरकारले बैदेशिक रोजगारीका लागि एक सय १० देश खुलासा गरेको छ ।


यसअबधिमा सबैभन्दा बढी युवा मलेसिया गएका छन् । नयाँ कामको खोजीमा मलेसिया जानेको संख्या ११ हजार चारसय तीन र कतार जानेको संख्या नौ हजार नौ सय ९५ छ । यसैगरी नयाँ कामको खोजीमा मेनपावरमार्फत दुवईमा तीन हजार नौ सय १८, साउदीअरब दुई हजार आठसय ३५, कुवेत दुईहजार ४९ र बहराइनमा चार जना नेपाली गएका छन् ।

यसैगरी इपियस भाषा परीक्षा पास गरेर सात सय ७४ जना नेपाली कामदार रोजगारीका लागि कोरिया पुगेका छन् । यसैगरी बिदामा नेपाल आएर पुनः श्रम स्वीकृति लिएर विदेश जाने युवाको संख्या भने २५ हजार ३३ जना छ । आजको अन्नपूर्णपोस्ट दैनिकबाट