देउवा थकाउने खेलः पौडेल र सिटौला पक्षद्वारा बैठक नै बहिष्कार

798
views

काठमाडौँ १७ बैशाख । कांग्रेस केन्द्रीय समितिको निर्वाचित पदाधिकारी बैठक छलफल गर्न सभापति देउवाले बोलाएको बैठक बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गर्ने निर्णय गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि सोमबार बिहान साढे ८ बजे बैठक बोलाएका थिए । सभापति देउवाले विधानको प्रावधान संशोधन नगरी विधान र सहमति विपरित पदाधिकारी मनोनयन गर्न लागेको भन्दै बैठक बहिष्कार गर्ने निर्णयमा पुगेको नेता पौडेलले बताए । ‘विधान र सहमति विपरित भएकाले बैठक बहिष्कार गर्ने निर्णय गरेका हौं,’ पौडेलले भने ।

दुवै नेताले प्रकाशमान सिंह लगायतका केही केन्द्रीय सदस्यलाई बैठकमा पठाएर आफ्ना कुरा राख्न लगायने तयारी गरेका छन् । कांग्रेस विधान अनुसार २ महिना भित्र गरिसक्नु पर्ने पदाधिकारी मनोनयन २ बर्ष सम्म हुन सकेको छैन ।