काठमाडौँ, १८ बैशाख । साढे ३३ किलो सुनकाण्डमा संलग्न रहेको आशंकामा नेपाल प्रहरीका एसएसपी श्याम खत्रीलाई प्रहरी प्रधान कार्यालयले पक्राउ पूर्जी जारी गरेको छ ।
सुन काण्डमा मुछिएर अदालतबाट सफाई पाएका खत्री केही समयअघि प्रहरी प्रधान कार्यालयमा हाजिर भएका थिए तर, ३३ किलो सुन काण्डको पर्दाफास भएपछि फरार रहेका छन् । खत्रीको पक्राउका लागि प्रहरीले सतहत्तरै जिल्लामा सर्कुलर जारी गरेको हो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको सुन तस्करीको सम्बन्धमा सोधपुछका लागि एसएसपी खत्रीलाई नियन्त्रणमा लिई बयानका लागि मातहतका निकायलाई निर्देशन दिएपछि उनीविरुद्ध सर्कुलर जारी गरेको हो ।
खत्री २०७३ साल पुस २१ गते दुबईबाट त्रिभुवन अन्तरािष्ट्रय विमानस्थल हुँदै काठमाडौं भित्रिएको साढे ३३ किलो सुनकाण्डमा पक्राउ परेका थिए । सोही बर्षको चैत्र ४ गते काठमाडौ जिल्ला अदालतले उनलाई २ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।