थाईल्याण्डका शाही थाई शसस्त्र बलका प्रमुख तानचियान नेपाल आउने

816
views

काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा चारदिने नेपाल भ्रमणको सिलसिलामा मित्रराष्ट्र थाईल्याण्डका शाही थाई शसस्त्र बलका प्रतिरक्षा प्रमुख जेनरल तानचियान र्सिसुवान नेपाल आउने भएका छन् ।

र्सिसुवानले नेपाल भ्रमणमा रहँदा नेपालका राष्ट्रपति, प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली सेनाको जनसम्र्पक तथा सूचना निर्देशनालयले एक विज्ञप्ती जारी गरी जनाएको छ ।

र्सिसुवानले उहाँले प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग जङ्गी अड्डामा भेटवार्ता गर्नु हुने कार्यक्रम रहेको छ । भ्रमणको दौरान पोखरा, लुम्विनीलगायतका अन्य केही पर्यटकिय स्थानहरुको भ्रमण गर्नुको साथै पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण गर्ने समेत उल्लेख गरिएको छ ।

उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र थाईल्याण्डको राष्ट्रिय सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई सैनिक कुटनीतिको माध्यमबाट थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास गरिएको छ ।