रहष्यमा दासढुंगा प्रकरणः स्मृति दिवसमै सीमित !

1788
views

प्रकाश सापकोटा
चितवन । जेठ ३ गते नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय जीप दुर्घटनामा परी मृत्यु भएको दिन । उनको मृत्यु अहिले पनि रहष्यमा नै सीमित छ ।

भण्डारी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा र स्वयं एमाले पार्टीको बहुमतीय बलियो सरकार हुँदासम्म दासढुङ्गा प्रकरण खोतल्ने प्रयास समेत भएको छैन् । दासढुङ्गा प्रकरणबारे एमालेले खोजविन भन्दा पनि औपचापिरकता कार्यक्रममै पुरा गर्ने नीति अख्तियार गर्दै आएको छ ।

यसैबीच जेठ ३ गते दासढुङ्गामा मदन भण्डारीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम राखिएको नेकपा एमाले चितवनका प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीले जानकारी दिएका छन् ।

२०५० साल जेठ ३ गते एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप रहस्यमय ढंगबाट दासढुंगास्थित त्रिशुली नदीमा खसेको थियो ।

आश्रितको शव गाडीमै भेटिएको थियो भने भण्डारीको घटनास्थलदेखि अलि तल गाँजीपुरस्थित नारायणी नदी किनारमा तीन दिनपछि भेटिएको थियो ।