एमाले–माओवादीबीच आज पार्टी एकता

759
views

काठमाडौं ३, जेठ । आज एमाले–माओवादीले दुवै पार्टी संरचना विघटन गर्दै नेपाल कम्युनिस्ट पार्टीको नाममा एकीकृत पार्टीको औपचारिक घोषणा गर्ने भएका छन् । दुवै पार्टीका केन्द्रीय समिति बैठकले पार्टी एकता अनुमोदन गरेपछि बिहीबार नै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने तयारी भएको हो । राष्ट्रिय सभा गृहमा संयुक्त पत्रकार सम्मेलन गरी एकीकृत पार्टीको औपचारिक घोषणा गर्ने तयारी भएको छ ।

दुईपार्टीका अध्यक्षबीच बुधबार भएको छलफलले एकताका लागि सहमति जुटाएपछि बिहीबार नै एकताको औपचारिक घोषणा गर्न तयार भएका हुन् ।

पार्टी विघटनपछि बन्ने एकीकृत पार्टीको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय बन्नेछ । अन्तरिम विधान बनाउन गठित कार्यदलले दिएको प्रतिवेदनको संख्यामा १ सय ४२ संख्या थप गरेर दुई अध्यक्षले नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय बनाउने समझदारी गरेका थिए ।

एकीकृत पार्टीको केन्द्रीय समितिमा एमालेका तर्फबाट २ सय ४१ र माओवादीका तर्फबाट २ सयको संख्यामा नेताहरू रहने भएका छन् ।

कार्यदलले २ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव एकता संयोजन समिति बैठकमा पेश गरेको थियो ।

पार्टी नामः नेपाल कम्युनिस्ट पार्टी
मार्गनिर्देशक सिद्धान्तः माक्र्सवाद–लेनिनवाद
कार्यदिशाः समाजवादउन्मुख जनताको जनवाद (महाधिवशेनमा छलफलका लागि)
एकीकृत पार्टी केन्द्रीय समितिः ४४१ (एमाले २४१, माओवादी २००)
स्थायी समितिः ४३ (एमाले २५, माओवादी १८)
पोलिटब्यूरो समितिः नरहने