नेपालको भविष्य दर्ता गर्दैछौंः प्रधानमन्त्री ओली

743
views

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दुई कम्युनिष्टबीचको एकताले नेपालको भविष्यको संकेत दर्ता गर्ने काम भएको बताएका छन् । प्रधानमन्त्री ओलीले २५ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।

ओलीले ‘नेपाल कता जान्छ भन्ने घोषणा गर्न लागेको बताए । ओलीले पार्टी एकतामा विलम्ब गर्ने आवश्यकता नभएको भन्दै प्रक्रिया पुर्याएर दर्ता हुने बताए । उनले यो पार्टीसँग बहुसंख्यक बहुमत र बहुसंख्यक जनता साथमा रहेको बताए ।

प्रधानमन्त्रीले एकता दमनकारीका लागि नभएर विकासका लागि भएको बताए । समृद्ध नेपाल र सुखी नेपालीको आंकाक्षा पूरा गर्ने अठोट यो पार्टीले लिएको उनले बताए । ‘हामी अब फुट्न बिर्सियौँ, अब फुटाउन होइन, जुटाउन मात्र जानेका छौं । बिगार्न होइन, सपार्न मात्र जानेका छौं,’ प्रधानमन्त्री ओलीले भने ।

२०औं शताब्दीमा मदन भण्डारी सबैभन्दा बढी प्रभाव पार्ने व्यक्तिको रुपमा रहेको बताउँदै ओलीले उहाँले लिनुभएको गोरेटो बाटो फराकिलो बन्दै गएको बताए । अगामी दिनमा यसको झनै बढी सामथ्र्य र प्रभाव देखिने ओलीले बताए । कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरूको पनि उपस्थिति थियो ।