एमाले र माओवादी केन्द्र विघटन, बालुवाटारमा सपथ

1138
views

एमाले र माओवादी केन्द्र बिघटन भएपछिको संयुक्त बैठकमा एकीकृत पार्टीको केन्द्रीय समितिका सदस्यले शपथग्रहण गरेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको छुट्टाछुट्टै बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा दुवै पार्टीको संयुक्त बैठक चलिरहेको छ । बैठकमा दुवै पार्टीका अध्यक्षहरुले पार्टीका निर्णयहरु संयुक्त बैठकमा राख्ने कार्यक्रम रहेको छ ।

उनीहरुलाई प्रधानमन्त्री एवं पूर्व एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराएका हुन् । केन्द्रीय समितिको शपथग्रहण अघि प्रचण्डले ओलीलाई र ओलीले प्रचण्डलाई शपथग्रहण गराएका थिए ।

एमाले माओवादी केन्द्रबीचको एकता पछिको एकीकृत पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति र ४५ सदस्यीय स्थायी कमिटी रहनेभएको छ । स्थायी कमिटीमा एमालेका तर्फबाट २६ र माओवादी केन्द्रका तर्फबाट १९ नेताहरु रहने छन् ।