राजपालाई सरकारमा ल्याउन प्रम ओलीको जोड

1057
views

काठमाडौं, १० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेस केन्द्रित अर्को दल राष्ट्रिय जनता पार्टी नेपाललाई सरकारमा ल्याउने तयारी गरेका छन् । संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउन जोडजुलुम गरेपनि पछिल्लो समयमा फोरम नेपालसँग सम्बन्ध चिसिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा फकाउन थालका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनपकुर भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बोलेको अभिव्यक्तिपछि प्रधानमन्त्री र संघीय फोरमबीच सम्बन्ध टाढिएको थियो ।

प्रधानमन्त्री ओलीले मंगलबार साँझ राजपा अध्यक्ष मण्डलका सदस्यहरूसँग संयुक्त छलफल गर्दै सरकारमै आएर सरकारलाई सहयोग गर्न आग्रह गरेको स्रोतले बतायो ।

प्रधानमन्त्रीको भनाईर्ला मध्यनजर गर्दै राजपा नेताहरूले संविधान संशोधन गर्ने वातावरण बनाए सरकारमा आउने जनाएका थिए । स्रोतका अनुसार राजपाका नेताहरूले भनेका थिए, ‘हात्ती छिर्यो । पुच्छर अड्कियो जस्तो भएको छ । यही संविधान मानेर हामी चुनावमा गयाँै । प्रदेश दुईमा सरकार बनायौँ । केन्द्रमा सरकरलाई सहयोग ग¥यौँ । अब पनि संविधान संशोधन गर्न किन अड्काउने ?’

बैठकमा सहभागी राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले प्रधानमन्त्रीसँगको भेटमा प्रधानमन्त्रीले आफूहरूलाई सरकारमा आउन आग्रह गरेको बताए ।

यसैगरी राजपा अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतोले पनि संविधान संशोधन गर्ने राजपाको प्रस्तावलाई प्रधानमन्त्रीले सकारात्मक रूपमा लिएको बताए ।

राजपाका नेताहरूले प्रधानमन्त्रीसँग बाढी पुनर्निर्माण तथा पुनस्र्थापना केन्द्रलाई सक्रिया बनाई तराइ मधेसमा बाढी पीडिताई क्षेतिपुर्ति दिन र पुनर्निमणको काम तत्काल अघि बढाउन आग्रह गरेका थिए । यसमा प्रधानमन्त्रीले काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा राजपाका नेताहरूले रेशम चौधरीलाई सपथग्रहण गर्ने वातावरण बनाउन आग्रह गरेका थिए । यसैगरी जन्मसिद्ध र अंगीकृत नागरिकका छोराछोरीलाई नागरिकता दिन सरकारले आलटाल गरिरहेको भन्दै जन्मसिद्ध र अंगिकृत नागरिकका छोराछोरीलाई नागरिकता दिन उनीहरूले माग राखेका थिए ।