अमेरिका र उत्तर कोरिया वार्ताले अन्तराष्ट्रिय आयाम लिदै

764
views

काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले एकतर्फी कोरिया–अमेरिका वार्ता भङ्ग गरेको केही समयपछि अन्तराष्ट्रिय दबाबका कारण पहिले तोकिएकै मिति जुन १२ तारेखमा फेरि वार्ता हुने भएको छ । वार्ता पनि पहिले तोकिएको स्थान सिङ्गापुरमा नै हुने भनिएको छ ।

दुई देशबीच हुने भनिएको शिखर वार्ताको वातावरण निर्माणका लागि कोरियाली नेता किम योङ चोल अमेरिका प्रस्थान गरेका छन् । चीनहुँदै अमेरिका प्रस्थान गरेका उनी उत्तरकोरियाका सर्वोच्च नेता किम जोङ उन पछिका वरिष्ठ नेता मानिन्छन् ।

संयुक्त राज्य अमेरिका र उत्तर कोरिया बीचको द्वीपक्षीय÷द्विदेशीय वार्ताले अब अन्तराष्ट्रिय आयाम लिन थालेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तरकोरियाको विषयलाई लिएर युरोपीय युनियन तथा दक्षिण कोरिया अनि जापानको चासोसमेत् समेट्ने प्रयत्नमा छन् ।

उता, उत्तर कोरिया पनि चीनलगायतका शक्ति राष्ट्रहरुको चासोसहित अमेरिकासँग वार्तामा बस्ने तयारी गरिरहेको देखिन्छ ।

विश्वमा पछिल्लो चरणमा हुँदै गइरहेको अन्तरदेशीय राजनीतिक ध्रुवीकरण र सहकार्यले अन्तरदेशीय शान्ति वार्ता पनि अब कतै क्षेत्रीय, कतै महादेशीय त कतै अन्तरमहादेशीय आयाम लिन थालेको राजनीतिक विश्लेषकहरुले बताउन थालेका छन् ।