नुवाकोट गोल्डकप ‘२०७५ शुरु

1038
views

नुवाकोट, १७, जेठ । आजबाट ‘बिशाल सिमेन्ट नुवाकोट गोल्डकप ‘२०७५’ सुरु भएको छ । नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेलमैदानमा प्रतियोगिता भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो खेलमा नुवाकोट –११ र चितवन –११ विच प्रतिस्पर्धा भएको छ । आजको प्रतियोगितामा नुवाकोट –११ को टिमबाट नाईजेरियाली खेलाडी सोलोले सहभागिता जनाए ।

बिगतमा मनाङ मस्र्याङ्दी कल्वबाट खेलिरहेका सोलोले मिडफिल्डरको भूमिका निर्वाह गर्ने नुवाकोट जिल्ला फुटबल संघले जनाएको छ ।

प्रतियोगितामा समूह ‘ए’ अन्तर्गत नुवाकोट– ११ ,चितवन –११, फ्रेण्डस कल्व, मदन भण्डारी स्पोर्टस एकेडेमी र थ्रिस्टार कल्व तथा समूह ‘बि’ अन्तर्गत काठमाडौं –११,पोखरा –११, एपिएफ कल्व, रुपन्देही– ११ र नेपाल पुलिस कल्वको सहभागिता रहेको छ ।