स्काउटमा आबद्ध हुन प्रधानमन्त्री ओलीको आह्वान

958
views

नुवाकोट, १७, जेठ । प्रधानमन्त्री केपी ओलीले विद्यार्थीलाई स्काउटमा आबद्ध हुन आह्वान गरेका छन् । ओलीअले क्षमता अभिवृद्धि र व्यक्तिगत कलाकौशलको प्रवर्दनसँगै राज्यलाई पनि अनुशासित युवा दस्ता तयार हुने भएकाले स्काउटमा आवद्ध हुन आग्रह गरेका हुन् । प्रधानमन्त्रीले ककनी गाउँपालिका–५, ककनीमा बुधबार सुरु भएको नेपाल स्काउटको तेस्रो ज्याम्बोरीको बिहीबार उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल स्काउटका संरक्षकसमेत रहेका छन् । ओलीले आफूले पनि स्काउटको सदस्य भएर सामाजिक सेवा र्पुयाएको स्मरण गर्दै आर्थिक विकास र समाज रुपान्तरणका लागि सरकारले स्काउटलगायत सामाजिक संस्थासँग साझेदारी गरी अघि बढ्न चाहेको बताए ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले स्काउटको अन्तराष्ट्रिय कुम्भका रुपमा रहेको ज्याम्बोरी सञ्चालन गर्न आवश्यक सहयोगको प्रबिद्धता जनाए । नेपाल सरकारको कार्यक्रम सञ्चालन गर्न युवा मन्त्रालयमार्फत रु दुई करोड सशर्त अनुदान सहयोग आएको छ ।

नेपाल स्काउट तदर्थ समिति संयोजक चन्दन कौशिकले युवाशक्ति नै देशको मुख्य मेरुदण्ड भएकाले युवा लक्षित कार्यक्रममार्फत देशको आर्थिक समृद्धि तथा सामाजिक रूपान्तरण गर्न राष्ट्रिय गौरवका रुपमा जारी रहेको ज्याम्बोरीलाई लिइएको जानकारी दिए ।

नेपालमा यसअघि प्रथम ज्याम्बोरी कीर्तिपुर र दोस्रो चितवनमा भएको थियो । स्काउट नेपालमा विसं २००९ मा स्थापना भएको थियो । यसमा १४ वर्षमाथिका व्यक्ति आबद्ध हुन्छन् । ज्याम्बोरीमा दशभन्दा बढी देश र नेपालका ५० भन्दा बढी जिल्लाका पाँच हजारभन्दा बढी स्काउटमा सहभागी छन् ।