संघीय संसदको संयुक्त बैठक बस्दै

666
views

काठमाडौं – आज अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठक बस्ने भएको छ । अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन मस्यौदा नियमावली पारित गरिने छ ।

यसअघि गत ३ असारमा बसेको संयुक्त बैठकमा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले मस्यौदा नियमावली पेश गरेका थिए । सो मस्यौदा अध्ययन गर्न सांसदहरुलाई आजसम्मको समय दिइएको थियो ।

संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयक माथिको छलफल जारी रहने छ । मन्त्रालयगत रूपमा जारी छलफलमा आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रक्षा मन्त्रालय शीर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।