आप्रवासी रोक्ने कडा नियम निर्माणबाट पछि हटे ट्रम्प

753
views

काठमाडौं । आप्रवासनसम्बन्धी कडा नियम निर्माण र त्यसको कार्यान्वयनबाट अमेरिकी राष्ट्रपति ट्रम्प पछि हटेका छन् ।

सुरुसुरुमा अमेरिका प्रवेश गरेका आप्रवासीहरुमाथि निकै कडा रुपमा प्रस्तुत भई आप्रवासीका बच्चाबच्ची पिञ्जडामा थुनेपछि उनको निकै तीखो आलोचना भएको थियो ।

विश्वले अमानवीय र क्रुर भनेर ट्रम्प, उनको प्रशासन र उनले लागू गर्न थालेका नियमहरुको आलोचना भएपछि उनी पछि हट्न बाध्य भएका थिए । देशभित्रकै उनका प्रतिपक्षी डेमोक्य्राटहरुले विरोध गर्दा उनीहरुलाई फोहरीको संज्ञा दिएका ट्रम्पले अन्ततः आप्रवासीसम्बन्धी कडा नियमप्रति नरम रबैया अपनाउन थालेका छन्