सोलुखुम्बु जिप दुर्घटनामा परि मृत्यु भएका ६ जनाकै सनाखत

583
views

ओखलढुंगा, १५ असार । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ तिङ्लामा जिप दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत भएको छ ।

नेचा सल्यानबाट पत्ताले हाटबजारका लागि हिडेको को १ ज १८६० नम्बरको जिप शुक्रबार बिहान साढे ७ बजे तिङलाको महादेव भीरमा खसेको उक्त जीपमा सवार उदयपुर सिरिसेका जिप चालक २१ वर्षीय कुशाङ तामाङ, सिरहा संहिठाका ३६ वर्षीय शिवकुमार यादव, खोटाङ खाल्टेका २४ वर्षीया कोपिला बस्नेत कार्की, नेचासल्यान–२ सोलुखुम्बुका ३५ वर्षीया उर्मिला कट्टेल बाँस्तोला र नेचासल्यान–२ कै २५ वर्षीया शुसीला खड्का, ओखलढुंगा माम्खाका ४२ वर्षीय गाडी साहु श्यामकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय सल्लेरीका प्रहरी निरीक्षक प्रविण अधिकारीले बताए ।

दुर्घटनामा अन्दाजी ८ वर्षीया सुस्मा खड्का घाइते भएकी छन् । उनको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि फाप्लु अस्पताल र्पुयाइएको छ । सडकदेखि जिप करिब ५ सय मिटर तल खसेको थियो ।