सुरक्षित एवं अपराधमुक्त नवलपुरको निर्माण हुन्छ – प्रजिअ नेपाल

1034
views

असार, २०, नवलपुर  प्रमुख जिल्ला अधिकारी नवलपुरका दिपक राज नेपालले जिल्लामा गुण्डागर्दि नियन्त्रण, चोरी तस्करी ,कालो बजारी तथा अबैध मदिरा नियन्त्रणमा विशेष जोड दिने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा आज पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नेपालले फरार अपराधिहरुको खोजि कारवाहीलाई निरन्तरता, घटित अपराधको तत्कालै गहन अनुसन्धान गरि सुरक्षित एवं अपराधमुक्त नवलपुरको निर्माण गर्ने बताउनुभएको छ ।

यस विषयमा आफु प्रतिवद्व रहेको नेपालले प्रमुख प्राथमिकतामा रहेको बताउनुभएको छ । उहाले जस्तो सुकै दवाव आएपनि आफु कसैसंग नझुकी जनताको जिउ धनको सुरक्षामा कटिवद्व रहने स्पष्ट पार्नुभयो ।

नेपालले जनताले ढुक्कसंग बस्न पाउने अधिकारको रक्षा गर्दै जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न प्रशासन लागि पर्ने बताउनुभयो ।  प्रमुख जिल्ला अधिकारी नेपालले प्रशासन कानुन अनुसार चल्ने भएकाले आफु कुनै खालको राजनितिक दवावमा नपरी जनताको जिउ धनको सुरक्षामा लागीपर्ने दावी गर्नुभयो ।  

वर्षायाममा मनसुन सक्रिय भएकाले बाढी पहीरो र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न सबै लागिपर्नु पर्नेमा नेपालको जोड छ । प्रमुख जिल्ला अधिकारी नेपालले पहाडी क्षेत्र र नारायणी नदी आसपासका नागरिकलाई सर्तकता रहन आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले प्रहरी प्रशासनमा आउने सबै किसिमका मुद्वाहरुमा समान व्यवहार पहुचका आधारमा नभै सत्य तथ्य र कानुन सम्मत तरिकाले पिडितलाई न्याय दिन आफु सदैव तयार रहेको भन्दै राजनितिक दवाव र प्रभावमा नपर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासंघ नवलपरासीका अध्यक्ष होमराज रानाभाटले जिल्लामा पत्रकारहरुलाई समयमै सुचना दिन प्रहरी प्रशासनले कन्जुस्याई गर्ने गरेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गनुभयो । उहाले स्थानिय प्रशासन र प्रहरीले पत्रकारहरुसंग समन्वय गरेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको भन्दै पत्रकार महासंघको भवन निर्माणका लागि प्रशासनको तर्फबाट पहल गरिदिन पनि अनुरोध गर्नुभयो ।