बहुमतको दम्भ नदेखाउन काँग्रेस नेताको चेतावनी

644
views

डोटी, ८ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सतापक्षलाई बहुमतको दम्भ नदेखाउन चेतावनी दिनुभएको छ । नेपाल प्रेस युनियन डोटिले दिपायलमा आयोजना गरेको पत्रकार भेटघाट मा बोल्दै नेता सिंहले यस्तो चेतावनी दिनुभएको हो ।

नेता सिंहले प्रधानमन्त्री केपी ओलिलाई कांग्रेस एजेन्डामा बिहिन भयो भन्नुपूर्व आफ्नो विगत सम्झिन आग्रह गर्नुभयो ।

उहाँले ०४६ सालमा गणेशमान सिंहले बामपंथीहरुको एकता गराएर बाममोर्चा बनाईदिएको कुरा उल्लेख गर्दै प्रचण्डलाई कांग्रेस सकियो भन्नुपूर्व शान्ति प्रक्रियामा कस्ले ल्यायो ? भन्ने ख्याल गर्न आग्रह गर्नुभयो ।

नेता प्रकाशमान सिंहले राणा फाल्ने पञ्चायत ढाल्ने र राजतन्त्र समाप्ति आन्दोलनको नेतृत्व कांग्रेसले गरेको हेक्का रहोस भन्दै एकपटक बहुमत पाउँदैमा फेरी चुनाव नै लड्न नपर्ने खालको दम्भ नदेखाउन सत्तारुढ पक्षलाई चेतावनी दिनुभयो ।

उहाँले सत्तारुढ पक्षलाई बहुमतको आडमा संविधान उलङ्घनको बिषयलाई आफुहरुले अब सडकदेखि सदनसम्म शशकत रुपमा प्रतिवाद गर्ने चेतावनी समेत दिदैं सभामुख र उप सभामुख संविधान सम्वत नचले आफुहरु कडा रुपमा प्रस्तुत हुने बताउनुभयो ।

उहाँले प्रा.डा. गोविन्द केसीका माग जायज भएको बताउँदै कांग्रेसले केसीको मागको समाधानका लागि आफुहरु सत्तामा हँुदा बिज्ञहरुको आयोग बनाएर आयोग को प्रतिबेदनका आधारमा बिधेयक प्रस्तुत गरिएको स्पष्ट पार्नुभयो ।