हामी आजका मान्छे

974
views

-कविता

हामी आजका मान्छे
हामी मान्छे
आँखा हुँदा हुदै
अरुले नै बाटो देखाइ दिनु पर्ने
खुट्टा हुदा हुँदै
अरुले हात समाइ हिडाइ दिनु पर्ने
कान हुदा हुँदै
अरुले नै सुनेकोमा बिश्वास गर्नु पर्ने
हामी मान्छेका
नाकै माथि आँखा
नाकै मुनि मुख भएर पनि
न नाकको इज्जत बेइज्त हुने कुराको रेखदेख गर्छौ
न नाकलाई लागेको अप्ठेरोको बारेमा बोल्छौ
हामी आजका मान्छे
मान्छेलाई धकेलेर मुर्तिलाई सलाम गर्छौ
यसरी
आफू केका लागि हुँ जन्मेको भन्ने थाहा नपाउदासम्म
केही हुन्छ होला आफ्नो लागि
आफुजस्तै अर्काको लागि
तर
केही हुनेवाला छैन आफू भन्दा फरक अरुका लागि
किनकि
मलाई नि अरुले नै सिकायो
उसले नि अरुबाट नै सिक्यो
जिवन के हो भनेर
तर
आफुले आफैबाट धेरै सिक्नु पर्ने
आफ्नो जीवन आफैसङ्ग हुदा सिक्नु पर्ने
जिन्दगीको पाठ
जब जिवनले समयको सिमा पार गर्छ
अनि
हामी भन्छौ
जीवन यस्तो हुनु पर्छ र हुनु पर्ने
यस्तो गर्नु पर्छ र गर्नु पर्ने
घाम अस्ताउनु अघि कालो देखिने छाया
घाम अस्ताएपछि कालो नि देखिन्न
भन्ने थाहा हुदा हुँदै
त्यही छायाँको खोजी गरेर
जीवन ब्यतित गरिरहेका छौ
हामी आजका मान्छे ।

                                           खडक बोहरा बझाङ, हाल मार्तडी बाजुरा ।