ग्वाटेमालाका पूर्वराष्ट्रपति एल्भारो पक्राउ

692
views

साउन, १५ गते । भ्रष्टाचार गरेको अभियोगमा ग्वाटेमालाका पूर्वराष्ट्रपति एल्भारो कोलोम पक्राउ परेका छन । ६६ वर्षीय कोलोम शुक्रबार पक्राउ परेका हुन् । भष्टाचार आरोपमा उनीमाथि फेब्रुअरीदेखि राजधानीको एक अदालतमा मुद्दा चलेको थियो । भ्रष्टाचारी ठहर भएसँगै उनलाई सेनाको एक कैदगृहमा राखिएको छ ।

कोलोमसँगै सन् २००८ देखि २०१२ सम्म सरकारमा रहेका अन्य दशजनालाई पनि भ्रष्टाचार आरोप लागेको छ । पक्राउ परेकामध्ये प्रायः सबै जमानतमा रिहा भएका छन् । उनीहरू गत फेब्रुअरीमै पक्राउ परेका थिए ।

कोलोमसँगै पक्राउ पर्नेमा पूर्वअर्थमन्त्री जोन आल्बेर्टो फोन्टेस नाइट र अक्सफाम इन्टरनेसनलका अध्यक्ष पनि छन् । सार्वजनिक स्रोत, साधन र सम्पत्तिको दुरुपयोग गरेको अभियोग लागेका उनीहरू सबैको अनुसन्धान भइरहेको बताइएको छ ।