दोहोरो र अस्वभाविक कर खारेज गर्न अर्थ समितिको निर्देशन

1085
views

काठमाडौं । संसदको अर्थ समितिले दोहोरो कर खारेज गर्न निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले संघ, प्रदेश र स्थानीय तहमा अस्वभाविकरुपमा लगाइएका दोहोरो कर हटाउन निर्देशन दिएको हो ।

अर्थ समितिले करको बारेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय योजना आयोगलाई समन्वय गर्न निर्देशन दिएको हो । नागरिक स्तरबाट समेत एउटै आर्थिक क्रियाकलापमा दोहोरो कर लगाइएको भन्दै विरोध हुँदै आएको छ ।

समितिले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठनलाई छिटो पूर्णता दिन समेत निर्देशन दिएको छ ।