पर्वत, ११, भदौ । पाराग्वेमा प्रहरीको शस्त्रागारबाट चोरले ४२ ओटा शक्तिशाली राइफल चोरेको खुलासा भएको छ ।
अनुसन्धानकाक्रममा अधिकारीहरुले ती राइफलको ठाउँमा काठ र प्लास्टिकका नक्कली हतियार फेलापारेको थिए । ‘कालोबजार’मा १० हजार अमेरिकी डलरसम्म राइफल बिक्रीमा राखेको फेलापरेपछि अनुसन्धान अगाडि बढाइएको थियो ।
पछि फेलापरेका ती राइफलहरु अहिले भन्डारण गरिएपनि केही भने अझैपनि काम लाग्ने अवस्थाका छन् ।चोरिएका राइफलहरु तस्करहरुले अर्जे्न्टिना र ब्राजिलसम्म र्पुयाएको विश्वास गरिएको छ ।
पाराग्वेका सन्चारमाध्यमहरुले नक्कली राइफलको तस्वीर प्रकाशित गरी मुलुकको प्रहरी संगठनको इतिहासमा यो सबैभन्दा लज्जास्पद कान्ड भएको उल्लेख गरेका छन् । (एजेन्सी)