योगमाया’का लागि नीलमलाई मदन पुरस्कार

1073
views

काठमाडौं । २०७४ सालको मदन पुरस्कार नीलम कार्की निहारिकाको उपन्यास ’योगमाया’का लागि प्रदान गरिने भएको छ।

मदन पुरस्कार गुठीको आज बसेको बैठकले यो निर्णय गरेको हो। यस्तै जगदम्बाश्री पुरस्कार बाल साहित्यमा लामो समयदेखि सक्रिय शान्तदास मानन्धरलाई दिइने भएको छ ।