डब्ल्यूटीओ छोड्ने ट्रम्पको चेतावनी

677
views

काठमाडौं १५ भदौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व व्यापार सङ्गठन ’डब्ल्यूटीओ’ छाडिदिने चेतावनी दिएका छन् । उनले ‘डब्ल्यूटीओ’ले आफूसँग गर्ने व्यवहार परिवर्तन नगरे सो सङ्गठन छोडिदिने चेतावनी दिएका हुन् ।

’डब्ल्यूटीओ’ विश्वस्तरमा हुने व्यापारिक गतिविधिको नियमन तथा अन्तरदेशीय व्यापारिक द्वन्द्वको समाधान गर्ने उद्देश्यले स्थापना भएको थियो । राष्ट्रपति ट्रम्पले विश्व व्यापार संगठनले अमेरिकासँग “पक्षपातपूर्ण व्यवहार“ गरेको आरोप पनि लगाएका छन् ।

ट्रम्पको चेतावनीले उनको व्यापार नीति र डब्ल्यूटीओको खुला व्यापार प्रणालीबीचको द्वन्द्व उजागर गरेको छ । पछिल्लो विवाद चर्किँदै जाँदा वाशिङ्टनले डब्ल्यूटीओको द्वन्द्व व्यवस्थापन गर्ने न्यायाधीकरणमा न्यायाधीश नियुक्तिको प्रक्रिया रोकिदिएको छ ।

अमेरिकी व्यापार प्रतिनिधि रोवर्ट लाइटहाइजरले डब्ल्यूटीओले अमेरिकाको सार्वभौमिकतामा खलल र्पुयाएको आरोप लगाएका छन् ।

संयुक्त राज्य अमेरिका पनि विभिन्न व्यापारिक द्वन्द्वमा फसेको छ । उसले चीनबीचको व्यापारिक द्वन्द्वको असर विश्वव्यापी हुने ठानेको छ ।

अमेरिका भित्रने विदेशी सामानहरुमा थप कर लगाउन थालेपछि त्यो डब्ल्यूटीओको मर्म विपरित भएको भन्दै चीनले आलोचना गर्दै आएको छ ।