उपन्यास ‘अप्रिल फुल’ पाठकमाझ भदौ अन्तिम सातामा आउने (भिडियो सहित)

1595
views

रिना खनाल
काठमाडौ । सामाजिक विषयबस्तुको चरित्र उजागार गरेको लेखक एवं पत्रकार कृष्ण आचार्यको उपन्यास ‘अप्रिल फुल’ पाठकमाझ आउने भएको छ ।

https://www.facebook.com/navadristionline/videos/2123479967662182/

यहि भदौको अन्तिम साता बजारमा आउन थालेको उपन्यासले सार्वजनिक हुनुभन्दा अगावै सञ्चार माध्यम ओगटिसकेको छ । उपन्यास किशोर–किशोरीहरुको प्रेममा आधारित छ ।

बर्तमान युवापुस्ताको मन मस्तिष्क बोलेको उपन्यास भोगाई र दृष्टिको उपन्यास भएको उपन्यासकार कृष्ण आचार्यको भनाई छ ।

छोराछोरीको इच्छा, चाहना, आवश्यकता र मनोविज्ञान बुझ्न बाबु–आमाका लागि पनि उपन्यास पठनीय रहेको आचार्य बताउँछन् ।

उक्त उपन्यासलाई यूरिका पब्लिकेसनले बजारमा ल्याउने तयारी गरेको छ । सामाजिक विषयवस्तको उठान गरेको उपन्यासले पाठकवर्गलाई उत्सुकता जगाउने खालको रहेको छ ।