अज्ञात समूहले गोली प्रहारबाट एकजना घाइते

951
views

धनुषा, भदौ– १९ धनुषाको लक्ष्मीनियाँमा अज्ञात समूहले गोली प्रहारबाट सञ्जय शर्मा घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषामा लेखापढी व्यवसाय गर्दै आएका लक्ष्मीनियाँ गाउँपालिका–६ का ३५ वर्षीय सञ्जय शर्मा गोली प्रहारबाट घाइते भएका हुन् ।

जनकपुरबाट मोटरसाइकलमा घर जाँदै गर्दा गएराति साढे ९ बजे शर्मामाथि लक्ष्मीनिया बजार नजिकै गोली प्रहार भएको हो । उनको पेटमा गोली लागेको छ ।
मोटरसाइकलमा आएका २ जनाले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । शर्मालाई जनकपुर अञ्चल अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारका लागि काठमाडौं पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।