बिमस्टेक सम्मेलनबाट नेपालको क्षमतामा वृद्धि: प्रधानमन्त्री

786
views

काठमाडौँ भदौ– १९ भर्खरै सम्पन्न बिमस्टेक सम्मेलनबारे मंगलबार सदनलाई जानकारी दिँदै प्रधानमन्त्री ओली यस शिखर सम्मेलनबाट नेपालको प्रभाव प्रतिष्ठा, विश्वसनातियता, क्षमतासमेत वृद्धि गरेको बताउनुभयो।

नेपालले विमस्टेक सम्मेलन सावधानीका साथ आयोजना र सञ्चालन त्रुटिरहित गरेकोले प्रभावकारी र सफल भएको प्रधानमन्त्रीको भनार्इ छ । यही भदौ १४ र १५ गते काठमाडौंमा आयोजना भएको सम्मेलन १८ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको थियो ।
सम्मेलन सफलता भएको भन्दै प्रधानमन्त्री ओलीले सोही अवसरमा म्यानमार र श्रीलंकाका राष्ट्रपतिसँग द्विपक्षीय भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग बिमस्टेकबाहेकका दुई देशका विभिन्न पक्षबारे कुराकानी भएको सदनलाई जानकारी दिनुभयो । यो सम्मेलनबाट सदस्य राष्ट्रहरुबीच तनाब नभई सहजताका साथ भावी दिसा र गन्तव्यमा अघि बढ्ने साझा निष्कर्ष निकालिएको उहाँको उल्लेख छ ।
सबै राष्ट्रप्रमुख र सरकार प्रमुखसँग छुट्टाछुट्टै भएको भेटमा क्षेत्रीय हित र समस्याका समाधानका प्रयासबारेमा कुराकानी भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । उहाँले सम्मेलनको अवसरमा आयोजना गरिएको अनौपचारिक राजनीतिक संयवाद मौसमका कारण बदल्नु परेको प्रस्ट्याउनुभयो । गोकर्ण रिसोर्टमा हुने भनिएको रिट्रिट पछि सोल्टी होटलमा राखिएको थियो । प्रधानमन्त्रीले भन्नुभयो, ‘हामी बीचमा रिट्रिट खुला साथको आत्तीय, सद्भावलाई अभिवृद्धि र समझदारी वातारण उपलब्धि भयो । फलदायी पनि भयो ।’ उहाँले क्षेत्रीय सहयोगलाई थप उपलब्धि बनाउन घोषणापत्र जारी गरेको पनि बताउनुभयो।

सम्मेलनका अवसरमा उर्जा क्षेत्रमा सहयोग, व्यापार प्रवर्द्धनको समझदारी भएको उहाँले उल्लेख गर्नुभयो । त्यस्तै विद्युत् उत्पादनको प्रयोग गरेर भारत, बिमस्टेक सदस्य राष्ट्रयलाई बिक्री गर्ने वातारण खुलेको पनि प्रधानमन्त्रीले बताउनुभयो ।