ठूला सरकारी कार्यालयमा विद्युत् नजाने

822
views

काठमाडौँ, २९ भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि विद्युत् नजाने तयारी भइरहेको बताएका छन् । सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘जलविद्युतको क्षेत्रमा हालसम्म भएका उपलब्धिहरू एवं देखिएका चुनौती’ विषयक अन्तरक्रियामा बेलाबेलामा भइरहने विद्युत् कटौतीलाई अन्त्य गर्न लागि परेको बताए ।

फाईल तस्विर


‘अहिले पनि राष्ट्रपति तथा प्रधानमन्त्री निवास र सिंहदरबारमा बेलाबेलामा बत्ती जाने गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भने “अब ती क्षेत्रमा कहिल्यै बत्ती नजाने गरी काम गरिरहेका छौँ ।”

अहिले साना प्रसारण क्षमताबाट वितरण भएको विद्युतलाई भरपर्दाे र दिगो समाधानका लागि क्षमता बढाएर गुणस्तरीय बनाउने काम भईरहेको पनि उनले जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद वलीले सरकारले थप जलविद्युत् परियोजना ल्याउने तयारी गरिरहेको जानकारी दिँदै जलविद्युतमा वैदेशिक लगानी भित्रयाउनका लागि भइरहेका ऐन कानूनले समस्या परेकाले त्यसलाई संशोधन गरी वैदेशिक लगानी भित्र्याइने बताए ।