एएफसी यू १६ फुटबलः नेपालले फिलिपिन्सको सामना गर्ने

756
views

काठमाडौं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । समुह ई को पहिलो खेलमा आज नेपालले फिलिपिन्सको सामना गर्नेछ । यो खेल सशस्त्र प्रहरीको मुख्यालय हल्चोकस्थित मैदानमा हुनेछ ।

नेपाली टोलीमा अघिल्लो महिना भुटानमा सम्पन्न यूथ फिफ्टिन साफ च्याम्पियनसिप खेलेका खेलाडीकै बाहुल्यता छ । छनौट प्रतियोगिताको दोस्रो खेलमा नेपालले शुक्रबार म्यानमारसँग खेल्नेछ भने अन्तिम खेल आइतबार मलेसिया विरुद्ध हुनेछ ।

समूहको शीर्ष दुई टोलीले अर्को बर्ष थाइल्याण्डमा हुने एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपमा ठाँउ पक्का गर्नेछन् । आठ टोली सहभागी फाइनल चरणका लागि आयोजक थाइल्याण्डसहित, जापान दक्षिण कोरिया र उत्तर कोरिया भने छनोट भइसकेका छन् ।