महेन्द्र जिसी
पर्वत, ३, असोज । आज संविधान दिवसको अवसरमा पर्वत जिल्ला अस्पतालका विरामीहरुलाई फलफल वितरण गरिएको छ ।
बाजागाजा सहितको ¥यालिले सदरमुकाम परिक्रमापछि बिरामीलाई फलफलु वितरण गरिएको थियो । संविधान दिवसमा बोल्ने अधिकाँस वक्ताहरुले राज्यमा दण्डहिनता मौलाएको भन्दै राज्यले न्यायको अनुभूति दिलाउन नसकेको धारणा राखे ।
कार्यक्रममा सत्तारुढ दल नेकपाका केन्द्रिय सदस्य गुप्त बहादुर हमालले राष्ट्रिय ओहोदामा रहेका प्रतिनीधि र राष्ट्रसेवकहरु जवाफदेही हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका प्रतिनिधि कुल प्रसाद शर्माले वोलीले मात्र देश समृद्ध नहुने तर्क गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सबै राष्ट्रसेवकहरु प्रतिबद्ध भई मुलुकले अबलम्बन गरेको संघीयता र संविधानको परिपालना गर्नु पर्नेमा जोड दिए ।